Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

झ्याप्ले खोला पहिरो अपडेटः पुरिएका १३ शव निकालियो

धादिङस्थित झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ ।

पुरिएको अवस्थामा निकालिएका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो ।

फेला परेको बस आधा मात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धार जारी राखेको छ ।