Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्व प्रधानसेनापति सच्चित समशेरकी छोरी सुकृती बनिन अष्ट्रेलियामा वडाध्यक्ष

नेपाली सेनाका पूर्व प्रधानसेनापति सच्चित समशेर जबराकी छोरी सुकृती भट्ट अष्ट्रेलियाको सिड्नीको बरउड काउन्सिलको काउन्सलर (वडाध्यक्ष) पदमा निर्वाचित भएकी छन् ।

गत साता भएको चुनावमा भट्ट निर्वाचित भएकी हुन् । स्थानीय निर्वाचनमा लेबर पार्टीले सिड्नीको बरउड क्षेत्रको काउन्सिलमा सुकृति भट्टलाई उमेदवार बनाएको थियो ।

 सिड्नीको बरउड काउन्सिलको काउन्सलर पदमा निर्वाचित भएकी उनी लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी छन् ।