Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सोती खोलाले बगाएर बालक बेपत्ता

सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वडा नं ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेका प्रहरीले जनाएको छ । 

आज साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

घटनालगतै प्रहरी र स्थानीयले बालकको खोजी गरे पनि फेला पार्न नसकेको प्रजनाइएको छ ।