Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ललितपुरको हात्तीवनमा भासियो सडक, खाल्डोमा खस्यो बस

ललितपुरको हात्तीवनस्थित सडक भासिएको छ । भासिएको सडकमा बस भासिएको छ । बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।

 शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो ।

 ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् ।