२० हजार सुरक्षाकर्मी परिचालन, हजार भन्दा बढीको उद्दार
बाढी र पहिरोमा फसेका नागरिकहरुलाई उद्दारमा नेपाल प्रहरीले तिव्रता दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म १ हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।

विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।

प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिलित भएका छन् ।
काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

