Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ।

बाढीपहिरालगायत विपद्‌मा कयौं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार हालसम्म ११ जना मृत्यु, १० जना बेपत्ता र ७६४ जनाको उद्धार गरिएको छ। पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। 

क्षतिको पूरा विवरण आउन बाँकी छ। बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ।