भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन ।
उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।
वेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।