Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काभ्रेको थुम्कीमा पहिरोले घर बगायो, चार जना बेपत्ता

काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीस्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो ।

 मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो । पहिरोमा परेर ४ जना बेपत्ता छन् । 

थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ ।