Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दुई वर्षदेखि ताला लगाएको बुढानीलकण्ठको एक घरमा चार थान हतियार भेटिएपछि...

 काठमाडौंको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ ।

प्रहरीका अनुसार दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको प्रहरीले जनाएको छ ।

घर भाडामा लगाएको र लामो समयसम्म भाडामा दिएको मान्छे नआएपछि जनप्रतिनिधिसहितको रोहभरमा ताला फुटाइएको थियो ।