Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

त्रिभुवन विमानस्थलबाट शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

लगातारको वर्षाका कारण मौसममा आएको खराबीले भोलि शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको बताएको छ ।

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।