Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

वनस्थलीमा नालीमा मोटरसाइकल खस्दा १९ वर्षीय युवक बेपत्ता

काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा नालामा मोटरसाइकल खस्दा बेपत्ता युवकको खोजी जारी छ । बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा खसेको हो । 

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । 

मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी जारी राखेको छ ।

 बुधबारदेखिकै वर्षाका कारण काठमाडौं उपत्यकाका सडकमा भल बगेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।