पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा सडक माथिबाट खसेको सुख्खा पहिरोमा कार पुरिएको छ ।
गजुरीबाट काठमाडौं आउँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार चार जना घाइते भएका छन् ।
उनीहरुको बैरेनि अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।पहिरोका कारण सडक पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जेसीबीले पहिरो हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।