आज बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।