Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ढाकाकुमार धरौटीमा रिहा

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो ।

जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो ।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको थियो । ७ असोजमा जिल्ला अदालत कास्कीमा ढाकाकुमारसहित ४ जनालाई प्रतिवादी बनाएर लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

गत ८ असोजमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा अदालतले बुधबार प्रतिवादीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।