Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा घाइते

सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ । अर्का एक जना साथीसँगै बुधवार राति मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् ।
सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए । 

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । 

उक्त घटना रातीको करिब १२ः३० बजे भएको र घटना हुनुमा आपसी घरायसी विवाद हुनसक्ने हरिपुर्वा प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक भिखारी यादवले जानकारी दिएका छन् । साथै शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलङ्ग्वा लगिएको र प्रहरीद्वारा थप अनुसन्धान जारी रहेको यादवले बताए। यादव फरार छन् उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।