Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

छोरा–बुहारीको कुटपिटबाट बाबुको मृत्यु

सिरहामा छोरा–बुहारीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । 

घरायसी विवादका क्रममा लाठी प्रहारबाट औरही गाउँपालिका–३ खजनपुर बस्ने ६५ वर्षीय भालेश्वर यादवको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

जेठा छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र उनका श्रीमती रेणु कुमारी यादवले सोमवार साँझ भालेश्वरलाई कुटेका थिए ।प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा राति करिब १२ बजे बाटोमै भालेश्वरको मृत्यु भएको हो । 

पक्राउ परेका शैलेन्द्र र उनी श्रीमती रेणुविरुद्ध कर्तव्य ज्यान मुद्धामा सिरहा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।