Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विदेशी भूमिमा नेपालीहरुले प्रधानमन्त्रीलाई देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति

अमेरिकामा रहेएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपाल त्यस सम्बन्धी चर्चा सुरु भएको छ । 

सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुले  प्रधानमन्त्रीको निर्धारित कार्यक्रम सुरक्षाका कारण रद्द भएपछि गम्भीर समीक्षा हुनेपर्ने मत राखिरहेकाछन । सत्तारुढ दलसहित विपक्षी दल र बुद्धिजिविहरुले यो विषयमा आ–आफनो प्रतिक्रिया दिन थालेका छन । 

राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले देशका प्रधानमन्त्री विदेशी भूमिमा हुँदा विदेशी परिचय पत्रधारी र गैर कानुनी रुपमा विदेश बसेका नेपालीभाषीले देखाइएको व्यवहारप्रति निन्दा व्यक्त गरेका छन । उनले यो व्यवहारको जति निन्दा गरेपनि कम नहुने उल्लेख गरेकाछन । 

उनले लेखेकाछन–‘ यो देशको राजनीति हामी देशमा वसेकाहरुले गर्छौ र समर्थन र विरोध पनि यहि गर्छौ । गैर नागरिक र अराजक हुललाई हाम्रो आन्तरिक मामलामा हस्ताक्षप नगर्न अनुरोध छ । जहाँ जानू भएको छ त्यही नै ईमानदार साथ काम गर्दा नै तपाईहरुको इज्जत र सम्मान वढ्छ । वैरिको आक्रमणप्रती हामी नेपाली एक भएर सामना गर्ने हाम्रो परम्परा रहिआएको स्मरण गराउन चाहन्छु । ’ 

नेता उप्रेतीले यति सानो कुरा व्यवस्थापन गर्न नसक्ने नेपाली दुतावास के गरेर बस्छ भन्दै प्रश्न पनि उठाएका छन । नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको थियो ।