Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चट्याङ लागेर ३६ वर्षका युवकको मृत्यु

झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । 

दमक गरपालिका– ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोतेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए । नेपालीकै घरमा गएको बेला गए राति १० बजे उनलाई चट्याङ लागेको थियो । 

दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।