मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै काठमाडौंमा सोमबार प्रदर्शन गरिएको छ ।
आज काठमाडौंको माइतीघरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रसाईं आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।