Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

छबिलाल जोशीलाई आज अदालत लगिदै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज (सोमबार) कास्की जिल्ला अदालतमा पेश गरिंदैछ ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो । 

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।