Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आमाको किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन्। आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।

उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आदर्शको टोलीले पक्राउ गरेको हो।  डीएसपी भट्टराईका अनुसार रैकालले गत भदौ ३१ मा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गर्दै ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ।

स्रोतकाअनुसार घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए।

आमाको दाहसंस्कार सकेर किरिया बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।