Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

धनगढी विमानस्थलमा ढलेर बोहोराको मृत्यु

धनगढी विमानस्थलमा अचानक ढलेर एक जनाको मृत्यु भएको छ । 

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अचानक ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । 

उनको हदयघातका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।