Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी टोलीलाई ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरी उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 


साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सहयोग गरेका थिए । 

प्रसाईसहित प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।