Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

समर क्याम्पले नेपालको समाजवादी आन्दोलनमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छः माधव पन्त

इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीन दिने समर क्याम्प फर सोसलिस्ट युथ २०२४ सम्पन्न भएको छ। काभ्रेको धुलिखेलमा आयोजित क्याम्प शनिबार सम्पन्न भएको हो । 

उक्त आयोजित क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भूराजनिती, र विज्ञान तथा प्रविधिको विकाससँगै युवाको भूमिकाबारे १५ वटा सत्रहरू सञ्चालन गरिएको छ । सातै प्रदेशबाट सहभागी भएका ७० जना युवाहरूले यस कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न विधामा अध्ययनरत युवाहरूले थुप्रै विषयहरूको गहिरो छलफल र अन्तरक्रिया गरेका छन् ।

461026926_1959427581245283_8510270984475742200_n.jpg

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राजनीतिज्ञ अनिल सी, अर्थ राजनितिक विश्लेषक हरी रोका, भौतिकशास्त्री प्रा. डा. दीपक प्रसाद सुवेदी, नेपाल चीन सम्वन्धका जानकार डा. लिला न्याइच्याई, संविधानविद डा. चन्द्रकान्त ज्ञवाली, काभ्रे जिल्ला समन्वय समिती संयोजक दिपक गौतम, मोटिभेश्नल स्पकर नर बहादुर कार्की, राष्ट्रीय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, संचारिका समूहका अध्यक्ष, विमला तुमखेवा इन्जिनियर डा. राम लामा, कृषि क्षेत्रका जानकार प्रमेश पोखरेल, सहायक प्राध्यापक विर्जेश मिश्र, शिक्षाविद डा. चन्द्रप्रसाद लुइटेल, लगायतका वक्ताहरू रहेका थिए ।

कार्यक्रममा इल्सीका अध्यक्ष सुवोध सेर्पालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्य र उपलव्धीको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए भने सेक्रेटरी माधव पन्तले इल्सीको गठनप्रक्रिया, यसका उदेश्यहरू र अन्तराष्टीय ऐक्यवद्वताको विषयमा प्रस्तुति गरेका थिए ।

WhatsApp Image 2024-09-20 at 10.42.11_e4f874c2.jpg

समर क्याम्पले युवाहरूलाई प्रगतिशील चेतको निर्माण गर्दै वैचारिक संवाद गर्ने, र नयाँ दृष्टिकोणहरू निर्माण गर्ने वातावरण निर्माण गर्नेछ । कार्यक्रममा राष्ट्रिय र अन्तराष्टीय समाजवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, यसको आजको सन्दर्भमा र भविष्यमा खेल्नसक्ने भूमिकाको विषयमा अन्तरक्रिया गरिएको छ ।

१५ ओटा सत्रमा संगठनका सदस्यहरू सुदिप शर्मा, प्रकाश सी, नरेन्द्र सी, सुवित ढुंगाना, नवराज ऐर, प्रेमा लामा र सावित्री केसीले सहजीकरण गरेका थिए । समाजवादी स्कूलमा सहभागी युवाहरूलाई इल्सीको तर्फबाट प्रमाणपत्र वितरण गरिएको छ ।

13b98d5a-1a36-4691-af10-a35c1f8da503.jpeg

कार्यक्रमको उद्देश्य युवाहरूलाई केवल राजनीतिक रूपमा सशक्त बनाउनु मात्र नभई, समाजवादी आन्दोलनको कार्यदिशा, रणनीति, र कार्यनीतिबारे गहन अन्तरक्रिया गर्नु र युवाहरूलाई जानकारी गराउनु थियो । युवाहरूलाई विज्ञान र प्रविधिको विकाससँगै समाजमा कसरी युवाहरूले भुमिका खेल्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो । धुलिखेलको सुन्दर वातावरणमा सम्पन्न भएको समर क्याम्पले सहभागी युवाहरूलाई नयाँ ऊर्जासहित समाजवादी आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा रहेको आयोजकको रहेको छ ।

यो स्कूलले समाजवादी आन्दोलनमा युवाहरूको भूमिकालाई अझ स्पष्ट रूपमा परिभाषित गरेको र यसलाई व्यवहारमा उतार्न आवश्यक कदमहरूबारे छलफल भएको छ। सम्वन्धित क्षेत्रका विज्ञ वक्ताहरूको अनुभव र विज्ञताले सहभागी र आयोजक संस्थालाई थप ऊर्जा प्रदान गरेको छ।

WhatsApp Image 2024-09-21 at 17.48.12_b886e50d.jpg

क्याम्पको समापनमा, सहभागीहरूले यो कार्यक्रम केवल एक सिकाई सत्र मात्र नभई, एक प्रेरणादायी अनुभव भएको बताएका छन् । उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समाजवादी आन्दोलनलाई बलियो बनाउन प्रतिबद्धता जनाए।

यस समर क्याम्पले नेपालको समाजवादी आन्दोलनमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ र यो सिकाइको प्रक्रिया निरन्तर अगाडि बढ्ने विश्वास रहेको इल्सीका सेक्रेटरी माधव पन्तले बताएका छन् ।

WhatsApp Image 2024-09-21 at 11.52.30_226ab941.jpg