Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दुई वर्षमा ग्यालेक्सीबाट रविले कति बुझेका थिए तलब?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा एक करोड बढी तलब लिएको खुलेको छ ।  

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने  ग्यालेक्सी टेलिभिजनको  प्रबन्ध निर्देशक रहँदा  एक करोड बढी तलब बुझेको उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९ मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा एक करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।