Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्‍यो

राउटे समुदायका एक जना युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । उनलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएकोमा अस्पताले फिर्ता पठाएको थियो ।

उनलाई राउटे बसोबास गरेको स्थान दैलेखको गुराँस गाउँपालिका–१, सिमेलसाल फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी ६ महिनादेखि बिरामी थिए तर अस्पतालमा उपचार गर्न जान नमानेका कारण अन्तिम समयमा बल्ल सम्झाई बुझाइ गरेर लगिएको थियो ।

उनमा क्षयरोग रोग देखिएको अस्पतालले जानकारी दिएको छ । ‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मञ्जुर नभएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् ।

यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको थियो । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ ।