Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पलेशा र एरिकालाई बागमती सरकारले गर्‍यो नगदसहित सम्मान

पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवर्द्धन र एसियाली खेलकुदमा रजत जितेकी एरिका गुरूङलाई बागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एसियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ । 

एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी माता रत्ना गुरुङले सम्मान ग्रहण गरिन् । उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो ।  कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।