Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका छन् । 

BimalBista_KTM_RSS_03_IMG_0002.JPG

कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत हुने जनाइएको छ । यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ । समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ । 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।  सो कन्सर्टमा आज साँझ प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिने थियो । 

‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र  प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

लब.png

सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति आठ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।