Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानसेनापति र श्रीलङ्कन राजदूतबीच भेटवार्ता

प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथीरनाले आज शिष्टाचार भेट गरेका छन्।
 
 सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उनीहरूबीच आपसीहित र पारस्परिकहितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।