Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि

‘मिस्टर काठमाडौं’ को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । 

उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।राईले पाँच दिनअघि मात्र ७५ किलो तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।

prakash-rai-17266409032024-09-18-12-32-05.jpg

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । 

मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।