Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बर्दियामा घरैमा गएर एक महिलाको हत्या

बर्दियाको बारबर्दिया नगरपालिका–५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा ३९ वर्षीया मीना थारु रेहकी छन् ।

गए राति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका–११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिएका छन् । 

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका–५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । डिएसपी अर्यालले हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।