Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौं आइपुगे डली चायवाला, अलेब कबाबमा चिया बनाएर खुवाउने

डली चायवाला काठमाडौं आइपुगेका छन् । अंगरक्षक र व्यवस्थापकसहित उनी मंगलबार बेलुका काठमाडौं आइपुगेका हुन् । उनले काठमाडौंको टंगालमा रहेको अलेभ कबाब सल्टनेटमा अतिथिलाई चिया बनाएर खुवाउने छन् ।

यस अघि उनी झापा पुगेर धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका थिए । त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाएका थिए । त्यहाँ घुमफिर पश्चात् आज प्लेन उनी आज काठमाडौं आईपुगेका हुन् ।

काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्ने बताइएको छ । काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी पनि रहेको छ ।

उनी माइक्रोसफ्ट संस्थापक तथा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् । पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् ।

विश्वमै लोकप्रिय मानिने टर्किस रेष्टुरेन्ट नेपालमा पहिलोपटक खुलेको हो। आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई उही किसिमका स्वाद पस्किने अवधारणा अनुसार ल्याइएको अलेभ कबाब रेस्टुरेन्ट नेपालमै बस्ने नेपाली सबैले मन पराउन थालेका छन्।