Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

‘ग्रेटर नेपाल’ का अभियन्ता फणिन्द्र नेपालको ट्वीटलाई एक्सले लगायो भारतभर प्रतिबन्ध

‘ग्रेटर नेपाल’ का अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको खाता बन्द गराउन रिपोर्ट गरेको आरोप लगाएका छन् ।

उनले भारत सरकारले आफ्नो खाता बन्द गराउन खोजेको दावी गर्दै एक्सले पठाएको मेसेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले एक्समा राखेका सामग्री भारतको सूचना प्रविधिसम्बन्धी ऐन २००० विरूद्ध रहेको भन्दै भारत सरकारले रिपोर्ट गरेको सूचना एक्सले नेपाललाई पठाएको थियो ।

फणिन्द्रले आफूले ‘ग्रेटर नेपाल’ को पक्षमा बोल्दा भारतलाई अप्ठ्यारो परेको बताए । उनले पछिल्लो समय भारतविरूद्ध अभिव्यक्ति दिँदै आएका थिए । उनले पछिल्लो ट्वीटर भारतीय दूतावासले नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई प्रयोग गरेर कालापानीका विषयमा बोल्न लगाएको बताएका थिए ।

fa.jpg