Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ

नक्कली नोटसहित ललितपुरबाट एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका–८ सौगलमा कोठा लिएका थिए ।

आइतबार सोही कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको एसपी सुवेदीले जानकारी दिए । त्यहाँबाट फोटोकपी मेसिन  र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ ।

पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।