Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अमेरिकाबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलबाट हराएका भूसाल भेटिए

अमेरिकाबाट फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका व्यक्ति भेटिएका छन् ।विमानस्थलबाट एकाएक हराएका ७६ वर्षीय दण्डपाणि भूसाल आफन्तको सम्पर्कमा आएका हुन् । 

उनी आइतबार मध्याह्न  सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए । पठाओवालाले फोन गरेर तपाईंको मान्छे भेटिएको छ कहाँ ल्याई दिऔं भनेको र भुसालसँग पनि कुरा भएको विष्णुप्रसादले बताए ।  उनीहरू प्रहरी वृत्त गौशाला आउँदै गरेको पनि भण्डारीले जानकारी दिएका छन् ।

शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए ।तर उनी नभेटिएपछि उनका आफन्तहरू आइतबार बिहान प्रहरी कार्यालय गौशाला पुगेका थिए ।  खोजतलास गर्ने क्रममा विमानस्थलको सिसिटिभी क्यामरा समेत हेरेका थिए ।

क्यामेरमा राति नै बाहिर निस्किदै गरेको दृश्य देखिएको  थियो । कसरी एकान्तकुना पुगे भन्नेबारे भेटिसकेपछि थाहा हुने भण्डारीले बताएका छन् । उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए ।