Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो ।

RS_KTM-1726375475093.jpg

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ ।

यस्तै, असोज १ गते मंगलवार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ । असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् । कुमारी इन्द्रजात्राको अवसरमा पर्सि असोज १ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ ।

Web post.jpg

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।