Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि, काठमाडौँ, मकवानपुर र धादिङमा हुने

नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । 

अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ ।

अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।