Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सिमलतालबाट त्रिशूली किनारमा ट्रक खस्यो

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ट्रक त्रिशूलीको किनारमा खसेको जानकारी आएपनि क्षतिबारे थप विवरण आउन बाँकी छ ।

यतिबेला प्रहरीको टोली त्यसतर्फ खटिएको छ । सिमलताल क्षेत्रबाट यसअघि पनि दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । गत असार २८ गते बस खस्दा २४ जनाको शव फेला परेको थियो ।

कूल ६२ जना यात्रुहरू सवार रहेकोमा २४ जनाको शव मात्र फेला परेको हो । भारतीय टोली परिचालन गरी खोजी कार्य गरे पनि सबैलाई भेटाउन नसकिएपछि खोजी कार्य नै बन्द गरिएको हो ।