Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गुडिरहेको गाडीमाथि पहिरोसहितको ढुङ्गा खसेर लाग्दा महिलाको मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमको फेसेवामा पहिरोसँगै झरेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ ।

पहिरोसँगै खसेको ढुङ्गो लागेर घाइते निर्मला गुरुङ जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

शनिबार दिउँसो सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको पिकअप भ्यानमा माथिबाट झरेको ढुंगाले लागेर २६ वर्षीया गुरुङ घाइते भएकी थिइन् ।

स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । प्रहरी निरीक्षक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको भ्यानलाई सडक माथिबाट झरेको पहिरोसहितको ढुङ्गाले लागेको थियो ।