Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बालबालिकाका पठनीय अनुभव सुन्दै समर्पण पुस्तक पसलले मनायो बालदिवस

धनगढीमा पठन संस्कृतिको विकास गरिरहेको समर्पण पुस्तक पसलले आज विद्यार्थीका अनुभव सुन्ने र सुनाउने कार्यक्रमको आयोजना गरेको छ । आज शनिबार राष्ट्रिय बाल दिवसको अवसरमा पुस्तक पसलले विद्यार्थी लक्षित ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रमको आयोजना गरेको हो । 

c5ea7762-97d7-4dcd-93e6-5514d26f5e7b.jpeg

कार्यक्रममा आठ विद्यालयका विद्यार्थीले पुस्तक पढेपछि आफूलाई लागेको अनुभव र अनुभुति प्रस्तुत गरेको पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् ।

80790ebc-0345-4dc6-8afc-ab208c6d1e15.jpeg

बालबालिकाहरुले आफुले हालसालै पढेको पुस्तक कस्तो लाग्यो भन्ने बारे पाठकिय दृष्टिकोण राखेर थिए ।  विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिका, साहित्यकार र पुस्तक प्रेमीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका तथा साहित्यकार हेमा जाशीले गरेकी थिइन् ।

a3ce43ea-a58b-46c9-aa17-62e4e69fcad8.jpeg

कार्यक्रमका अवसरमा पसलमा उपलब्ध रहेका जुनसुकै साहित्यिक पुस्तक १र१ प्रती सहभागी विद्यार्थीहरुलाई उपहार स्वरुप रोजेर लिने व्यवस्था गरिएको थियो ।  सुदूरपश्चिममा पठन संस्कृतिको विकास भएन भन्दै बेलाबेलामा विभिन्न शैक्षिक कार्यक्रमहरुमा सुनिने गर्दछ ।

0515fada-ce6e-4c45-9a72-7e2c74c116aa.jpeg

न्युन मात्रामा सार्वजनिक पुस्तकालय रहेको सुदूरपश्चिममा पछिल्लो समय समर्पण पुस्तक पसले पाठक वर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् । संचालक ओझाले अब हरेक महिनाको अन्त्यतिर  समर्पण पुस्तक पसले एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने बताए ।

20a4b9b6-6467-45f6-9677-f6336ea54bbe.jpeg