बागलुङमा पुनर्निर्माण गर्दै गरेको घरको गारो भत्किँदा एक जनाको मृत्यु भएको छ । बागलुङ ढोरपाटन नगरपालिका–१ स्वामीचोकमा ५५ वर्षीय बेगबहादुर विकको घरको गारो भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गारो भत्किँदा अन्य ११ मजदुर घाइते भएको बागलुङ प्रहरीका डीएसपी विजय यादवले जानकारी दिए । घाइते हुनेमा बागलुङका ३४ वर्षीय खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया किथमकुमारी विक, ३८ वर्षीय कीखममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक, ५१ वर्षीया टेकमाया रसाइली, रुपन्देहीका २६ वर्षीय शंकर पन्थी र काठमाडौं २४ वर्षीय सुगान्त पौडेल छन् ।
घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले जानकारी दिए ।