Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बागमती सेवा समाज नेपालले मनायो बाल दिवस

बागमती सेवा समाज नेपालले ६० औ राष्ट्रीय बाल दिवस मनाएकाे छ । राष्ट्रीय बाल दिवस २०८१ को नारा " बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" मुल नाराका साथ आज शनिबार बाल दिवस मनाएको हो । 

६० औ राष्ट्रीय बाल दिवसको अवसरमा बागमती सेवा समाज नेपाल र इस्लामिक रिलिफ नेपालको सहयोगमा संचालित उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिकाको वार्ड नं-१ (शंकरगंज) को श्री अधारभुत विद्यालयमा विद्यार्थी,शिक्षक, युवा समूह र अन्य समाजका अगुवाहरुको सहभागितामा भवयतापूर्वक मनाएको हो ।

यस कार्यक्रमले हाम्रो समाजमा बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार, बाल श्रम, बाल विवाह, भागी विवाह बेती बयाऊ बेटी पढाऊ, छोराछोरीको सामान व्यस्वार, वाल अधिकार सुनाछिता साथ तथा बीस वर्ष पार बिहे बारे नारा का साथ कुरीति हरुलाई समुदायले पक्कै पनि समाप्त गर्ने छ भन्ने विश्वास लिएको छ।

WhatsApp Image 2024-09-14 at 15.31.18_976cc833.jpg

श्री अधारभुत विद्यालय अध्यनरत विद्यार्थीहरू शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समिती लगायत वागमती सेवा समाज नेपाल का सामाजिक परिचालक राम लखन मुखिया,पालिका संयोजक रमेश कुमार यादव,पशु प्राविधिक राम सरन महतो, कृषि प्राविधिक सुनिता कुमारी सिंह लगायत सर्लाही र महोत्तरी उत्थानशील समुदायको निर्माण परियोजना का प्राविधिक निरीक्षक ई.नितिश साहद्वारा भब्य साथ शंकरगंजमा परिकर्मा गरी बेटी बचाउ बेटी पढाऊ, छोराछोरीको सामान व्यस्वार, वाल अधिकार सुनाछिता साथ तथा २० वर्ष पार बिहे बारे नाराका साथ राष्ट्रिय बाल दिवस २०८१ मनाइएको छ।

प्रधानाध्यापक रमेश चौधरी को अनुसार यस विद्यालय मा ३०० जना वालवालिका अध्यनरत सबैलाई विद्यालय प्राङ्गन मा भेला पारी वाल वालिका का हक अधिकार र कर्तब्य बारे स्पस्ट पार्दै नारा का साथ शंकरगंज परिकर्मा गरी,गराई वाल दिवस मनाइएको र इपलामिक रिलीक नेपाल र वागमती सेवा समाज नेपाल(BWSN) लाई  धनयवाद दिएका हुन्।

WhatsApp Image 2024-09-14 at 15.31.18_5e6d4376.jpg

बागमती सेवा समाज नेपाल का कर्मचारीहरु सहज भूमिका खेली आजको दिवस मा महत्वपूर्ण, क्रियाकलाप हरु समेटी यस दिवस लाई वालवालिका को महान दिवस मनाई विद्यालय परिवारलाई अहम सहयोग गरिएको हुनाले धन्यवाद को पात्रो बागमती सेवा समाज रहेको र भाबी दिनमा थप सहयोग को अपेक्षा रहेको भनी प्रधानाध्यापक चौधरी जी ले बताए ।


 आजको दिन भव्य साथ २०८१ का बाल दिवस अधारभूत विद्यालय शर्करगंज र बागमती सेवा समाज नेपालले इश्वरपुर नगरपालीका-१ मा राष्ट्रिय बाल दिवस २०८१ भब्य साथ मनाउन सफल भएका परियोजना प्रमुख रजनीश कुमार सिंह ज्यू ले जानकारी गराए ।