राष्ट्रिय बालदिवसको सन्दर्भमा सडक र्याली तथा बृक्षारोपन कार्यक्रम सम्पन्न कार्यक्रम सम्पन्न भएको छ ।

बागमती सेवा समाज नेपाल, वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, RRPK, USAID CARE NEPAL को सहयोग तथा हरिपुर्वा नगरपालिकाको आयोजनामा हरिपुर्वा नगरपालिकामा रहेको बाल क्लब, बाल संजालको समन्वयमा हरिपुर्वा न.पा.१ देखि बिभिन्न नाराका साथ सडक र्याली सुरु गरि कार्यक्रम सम्पन्न भएको हो ।

बागमती सेवा समाज नेपालद्वारा बालबालिकाको हकअधिकारको लागि विभिन्न मागसहित नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउनुको साथसाथै हरिपुर्वा न.पा.५ मा रहेका श्री केश्वर गरिब जनता मा.वि.मा बृक्षारोपन समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साह भन्छन् "बालबालिकाको हक अधिकार सुनिस्चित गराउन लागि यस् संस्थाहरुको अहम योगदान रहेको र यस्ता कार्यक्रमहरुमा स्थानीय तहलाई आयोजकको रुपमा रख्दा खुशी लागेको छ र अगामी दिनमा पनि हाम्रो समन्वय यसरी नै रहेछन् भनि प्रतिबद्धता दिदै यस समाजमा अहम योगदान पुर्याएका ७ जना किशोराकिशोरीलाई मेयरद्वारा सम्मानपत्रद्वारा सम्मान गरिएको छ।
