Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

छुरा प्रहार गरी झापामा १९ वर्षीया युवतीको हत्या

झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक जना युवती ज्यान गएको छ । 

छुरा प्रहारबाट इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लोहारको ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मनिषा हाल झापा बिर्तामोड नगरपालिका–५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् ।

लोहारलाई कैलाली गौरीगंगा नगरपालिका–३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीयले युवतीलाई छुरा प्रहार गरेको देखेपछि भागेका अनिललाई अर्जुनधारा–६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।