Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

करेन्ट लागेर सुदूरपश्चिम विश्व विद्यालयका प्रशासन अधिकृत जोशीको मृत्यु

सुदूरपश्चिम विश्व विद्यालयका प्रशासन अधिकृत ५५ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर ज्यान गएको छ ।आज शुक्रबार दिउँसो महेन्द्रनगरस्थित विश्वविद्यालयको कार्यकक्षमा फाइबरको तार मिलाउने क्रममा करेन्ट लागेर जोशीको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–१८ कटानका जोशीलाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पाल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

महाकाली प्रादेशिक अस्पालमा दिउँसो ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।