स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् ।
‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि...’ उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको सचिवालयले जनाएको छ ।
१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।