Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भाटेकोशी नदीमा खस्यो गाडी

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले नदीमा गाडी खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्नेसम्म यकिन भइनसकेको उनले बताएका । ‘हामीले स्थानीयहरुसँग समेत सोधपुछ गरेका छौं । तर गाडी समेत यकिन हुन सकेको छैन । नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको एसपी खड्काले बताएका छन् । स्थानीयले दुई वटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएका छन् ।

‘टायर देखिएको भनेर खबर आएपछि सुरक्षाकर्मीहरूले खोजी थालेका छन्,’ प्रहरीले भनेका छन्, ‘भारी वर्षाका कारणले भोटेकोशीको बहाव एकदमै बढेको छ ।’ क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास गरिरहेको भए पनि खोज्न कठिन भएको प्रहरीले बताएको छ । सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले अहिलेसम्म बोलेरो गाडी हो भन्ने मात्रै आएको, त्यसमा मान्छे कति जना, कहाँबाट आएको, नम्बर कति हो केही पनि खुल्न नसकेको जानकारी दिएका छन् ।