Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जडिबुटीमा बीच सडकमै ट्याक्सी तेर्स्याएर प्रदर्शन

काठमाडौको जडिबुटीमा बीच सडकमै ट्याक्सी  तेर्स्याएर व्यवसायीहरूले प्रदर्शन गरेका छन् । आज शुक्रबार दिउँसो व्यवसायीहरूले बीच सडकमै ट्याक्सी  तेर्स्याएर प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका कारण भक्तपुरतर्फबाट आएका सवारीहरू उतै रोकिएका छन् भने काठमाडौँबाट भक्तपुरतर्फ जाने सवारी जान सकेका छैनन् । 

व्यवसायीहरूले विभिन्न राइड शेयरिङ एपहरूले यात्रुहरू जबरजस्ती लैजाने र कतिपयले अफलाइन यात्रुहरू बोक्ने गरेको भन्दै विरोध जनाएका छन् ।