Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

उर्लियो कर्णाली  र बबइ नदी, सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै पश्चिम नेपालमा ठूला नदीहरुमा जल सतह बढेको छ । महाकाली, कर्णाली र बबई नदीमा उर्लिएर बाढी आएको छ । तीन वटै नदीको बाढीले खतराको तह पार गरेका छन् । डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ ।

यो केन्द्रमा खतराको तह ६.५ मिटर हो । कैलालीस्थित कर्णाली नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

‘भदौ २८ बिहान ९ः२० बजे । कर्णाली नदी चिसापानी, कैलाली जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (१० मि) पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोछ छ’, विभागको सूचनामा उल्लेख छ ।