डोटीमा पहिरोले पुरिएर दम्पती घाइते भएका छन् । लगातारको वर्षासँगै गए राति घरमाथि खसेको पहिरोले पुर्दा बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।
डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिएका छन् । उनीहरुमध्ये भागरथीको अवस्था गम्भीर छ ।
दुवैलाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए । पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जानकारी दिएको छ ।